Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

जिरीमा दाजुको स्मृतिमा १०० विद्यार्थीलाई हुडी सेट वितरण

जिरीमा दाजुको स्मृतिमा १०० विद्यार्थीलाई हुडी सेट वितरण

नेपाल सम्वत् ११४६, यंलाथ्वः ४, चौथी (३० भाद्र २०८३, १५ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई हुडी सेट वितरण गरिएको छ।

नेकपाकी केन्द्रीय सदस्य चुनु केसीले आफ्ना दाजु तिलक केसीको २३औँ स्मृति दिवसको अवसर पारेर बाल दिवसका दिन सोमबार कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई हुडी सेट वितरण गरेकी हुन्।

कार्यक्रममा दाजु तिलक केसीलाई सम्झिँदै चुनु केसी भावुक बनेकी थिइन्। उनले दाजुको निधनपछि अहिलेसम्म भाइटीका, तीजलगायतका चाडपर्वसमेत नमनाएको बताइन्।

दाजुको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई सहयोग गरिएको केसीले बताइन्। उनले दाजुको सम्झनामा गरिने सहयोग र सामाजिक सेवाले उहाँप्रतिको सम्मानलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्।

हुडी सेट वितरण कार्यक्रममा नेकपाका नेता अशोक दाहाल, वैतेश्वर गाउँपालिका–५ का वडाध्यक्ष भुवन घिमिरे, विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्कालगायतको उपस्थिति थियो।

विद्यार्थीलाई हुडी सेट उपलब्ध गराउन चुनु केसीसँगै जयराम लामिछाने, अष्ट्रेलियामा रहेका निशान्त खड्का, अमेरिकामा रहेका सुबास लामा, इङ्ल्यान्डमा रहेका सुरज गिरी र जापानमा रहेका नवराज दाहालले सहयोग गरेका थिए।

हुडी सेट पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्। दाजुको स्मृति दिवसलाई विद्यार्थी सहयोगमार्फत सामाजिक सेवासँग जोडिएको भन्दै सहभागीहरूले यस कार्यको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार