Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

इजरायलमा १ हजार ४६४ सहायक कामदारका लागि आवेदन खुल्यो

इजरायलमा १ हजार ४६४ सहायक कामदारका लागि आवेदन खुल्यो

नेपाल सम्वत् ११४६, गुंल्लागाः १२, द्वादसी (२३ भाद्र २०८३, ०८, सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहार गर्ने सहायक कामदारका लागि आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार इजरायलका लागि १ हजार ४६४ जना सहायक कामदार माग गरिएको छ। माग गरिएकामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।

इच्छुक नेपाली नागरिकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदनका लागि उम्मेदवारको उमेर २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत रहेको FERMS प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा (NIS) तलब पाउनेछन्। इजरायली सरकारको नियमअनुसार काम गरेको अतिरिक्त समय अर्थात् ओभरटाइमको सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ।

कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली श्रम कानुनअनुसार हुने व्यवस्था छ।

कामदारका लागि खानाको व्यवस्था रोजगारदाताले नगर्ने भए पनि बसोबासको व्यवस्था कम्पनीले गर्नेछ। तर बसोबासका लागि लाग्ने खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

इजरायलमा स्याहारसम्बन्धी क्षेत्रमा रोजगारी खोजिरहेका नेपालीका लागि यो अवसर महत्वपूर्ण मानिएको छ। आवेदन दिनुअघि उम्मेदवारले वैदेशिक रोजगार विभागले तोकेका योग्यता, प्रक्रिया, आवश्यक कागजात तथा अन्य शर्तहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ।

आवेदन अवधि : भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म
कुल माग : १ हजार ४६४ जना
महिला : १ हजार १३२ जना
पुरुष : ३३२ जना
उमेर : २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
तलब : मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा
कामको समय : सातामा ४२ घण्टा
साप्ताहिक बिदा : एक दिन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार