Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

फोनिजको २७औँ स्थापना दिवसमा प्रभातफेरी

फोनिजको २७औँ स्थापना दिवसमा प्रभातफेरी

नेपाल सम्वत् ११४६, दिल्लागाः १५ औसी (२७ साउन, २०८३, १२ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा प्रभातफेरी आयोजना गरेको छ।

काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीबाट सुरु भएको प्रभातफेरी न्युरोड गेट, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर औपचारिक सभामा परिणत भएको थियो।

प्रभातफेरीमा गुरुङ, मगर, तामाङ, थारू, राई, शेर्पा, लिम्बू तथा नेवा पत्रकार सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फोनिजले स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ। सोही क्रममा फोनिजले साउन २५ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ समेत आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार