नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–५ नं. वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सुरु गरेको छ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै दोलखा पुग्न कठिन हुने काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले उपत्यकामै भत्ता नवीकरणको व्यवस्था मिलाएको हो।
वडा अध्यक्ष बासु श्रेष्ठका अनुसार आइतबारदेखि काठमाडौं उपत्यकामा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सुरु गरिएको हो। ज्येष्ठ नागरिकलाई भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै उनीहरू रहेकै स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले उपत्यकामा नवीकरणको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
“नयाँ आर्थिक वर्ष सुरु भएकाले दोलखा आउन नसक्ने ज्येष्ठ नागरिकलाई सहज होस् भनेर काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका लाभग्राहीको भत्ता कार्ड नवीकरण सुरु गरेका हौँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।
अध्यक्ष श्रेष्ठले आवश्यकताअनुसार अस्पतालमै पुगेर समेत ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिनुभएको छ। सेवाग्राहीको सहजता र पहुँचलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले उपत्यकामा नवीकरण सेवा सञ्चालन गरेको जनाएको छ।
वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई समयमै भत्ता नवीकरण गरी सेवा लिन आग्रह गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij