नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकामा आर्थिक वर्ष २०८३/०८४ का लागि रासायनिक मल बिक्री तथा वितरण गर्ने उद्देश्यले सूचीकृत हुन आह्वान गरिएका सहकारी संस्थामध्ये अन्तिम दिनसम्म १४ वटा सहकारीले दर्ता गराएका छन्।
नगरपालिकाले किसानलाई समयमै र सहज रूपमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले इच्छुक कृषि सहकारी तथा अन्य सहकारी संस्थालाई सूचीकृत हुन आग्रह गरेको थियो। प्राप्त विवरणअनुसार विभिन्न वडाबाट सहकारी संस्थाहरू दर्ता प्रक्रियामा सहभागी भएका छन्।
दर्ता भएका सहकारीमध्ये वडा नं. २ बाट सबैभन्दा बढी तीन वटा सहकारी रहेका छन् भने वडा नं. १ बाट कुनै पनि सहकारीले आवेदन नदिएको नगरपालिकाले जनाएको छ।
यसैबीच, नगरपालिकाले तोकेको योग्यता तथा आवश्यक कागजात पूरा नगरेका केही सहकारी संस्थाले पनि दर्ता गराएको भन्ने गुनासो प्राप्त भएपछि छनोट समितिले त्यसबारे विस्तृत छानबिन गर्ने जनाएको छ।
नगरपालिकाका अनुसार मापदण्ड, योग्यता र आवश्यक प्रक्रिया पूरा नगरेका सहकारी संस्थालाई सूचीकृत सूचीबाट हटाइनेछ। सबै कानुनी प्रक्रिया र आवश्यक योग्यता पूरा गरेका सहकारी संस्थालाई मात्र रासायनिक मल बिक्री तथा वितरणको अनुमति प्रदान गरिने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाले पारदर्शी र व्यवस्थित ढंगबाट मल वितरण प्रणाली सञ्चालन गर्दै वास्तविक किसानसम्म सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ छनोट प्रक्रिया अघि बढाइएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij