नेपाल सम्वत् ११४६, दिल्लागाः १ प्रतिपदा ९१४ साउन, २०८४, ३० जुलाई, २०२६० बिहीबार, बाँपिझ्याला । दोलखा जिल्लाको विगु गाउँपालिका–८, खोपाचागुमा महिला तथा बालबालिका सशक्तिकरण एवं जीवनस्तर उत्थान (ओसेलिप) परियोजनाको सहयोगमा सगरमाथा कृषि तथा पोषण समूहद्वारा आयोजित एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालाको पूर्वतयारी बैठक सम्पन्न भएको छ।
समूहका अध्यक्ष टिकादेवी बुढाथोकीको अध्यक्षता तथा पूर्व वडा अध्यक्ष खेम विक्रम खड्काको आतिथ्यतामा सम्पन्न बैठकमा कृषक समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकले कृषक पाठशालाका लागि आवश्यक सहभागी, उपयुक्त बाली, स्थान तथा मौसम छनोट गर्ने कार्य सम्पन्न गरेको छ।
सहभागी कृषकहरूको बाली छनोट र स्थानीय भौगोलिक अवस्था तथा मौसमको विश्लेषणपछि सहजकर्ताहरूले ‘स्नोमिष्टिक’ जातको काउलीलाई पाठशालाको मुख्य बालीका रूपमा छनोट गरेका छन्। सोहीअनुसार काउलीको नर्सरी बेड निर्माणको कार्यसमेत सम्पन्न भइसकेको जानकारी दिइएको छ।
बैठकमा आइपिएम कार्यान्वयनका चार प्रमुख सिद्धान्तबारे जानकारी गराइएको थियो। जसअनुसार स्वस्थ खेती प्रणालीमार्फत स्वस्थ बाली उत्पादन, प्राकृतिक शत्रुजीव नियन्त्रणका लागि मित्रजीवको संरक्षण, खेतीबालीको नियमित अवलोकन तथा कृषकलाई प्राविधिक रूपमा दक्ष बनाउने विषयमा विशेष जोड दिइएको थियो।
आयोजकका अनुसार कृषकहरूको प्रत्यक्ष सहभागितामा यी सिद्धान्तका आधारमा आवश्यकता अनुसार आइपिएमका विभिन्न विधिहरू प्रयोग गरी बाली संरक्षण, रोग तथा कीरा व्यवस्थापन र व्यावहारिक सिकाइका सत्र सञ्चालन गरिनेछ।
कुल १६ हप्तासम्म (प्रत्येक हप्ता एक दिन) सञ्चालन हुने यस कृषक पाठशालाको पूर्वतयारी बैठकमा ३३ जना कृषक सहभागी भएका थिए। सहभागीमध्ये २५ जना महिला र ८ जना पुरुष रहेका थिए।
कार्यक्रमको सहजीकरण दोलखा जिल्लाका आइपिएम कृषक पाठशाला सहजकर्ता सर्मिला श्रेष्ठ र कविता बस्नेत तथा परियोजनाका वरिष्ठ कृषि प्राविधिक केदारबहादुर खत्रीले गर्नुभएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij