Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

गायिका एलिना चौहानद्वारा ‘रमणी बाइ एलिना’ फेसन स्टोर सञ्चालन

गायिका एलिना चौहानद्वारा ‘रमणी बाइ एलिना’ फेसन स्टोर सञ्चालन

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः७ षष्ठी (५ साउन, २०८३, २१ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला ।  लोकदोहोरी गायिका एलिना चौहानले पहिरन तथा श्रृंगारसम्बन्धी व्यवसायमा प्रवेश गर्दै काठमाडौंको मध्यबानेश्वरमा महिला लक्षित फेसन स्टोर ‘रमणी बाइ एलिना’ सञ्चालनमा ल्याएकी छन्। सोमबार स्टोरको औपचारिक उद्घाटन गरिएको हो।

एलिनाका अनुसार स्टोरमा करिब दुई करोड रुपैयाँ लगानी गरिएको छ। यहाँ साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना लगायत महिलालाई आवश्यक पर्ने विभिन्न श्रृंगारका सामग्री उपलब्ध छन्। उनले फेन्सीभन्दा परम्परागत (ट्रेडिसनल) सामग्रीलाई प्राथमिकता दिएको बताइन्।

गीत रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त रहँदै पनि भविष्यलाई सुरक्षित बनाउने उद्देश्यले व्यवसाय सुरु गरेको एलिनाले बताइन्। कलाकारिताको अनिश्चितताका कारण आर्थिक सुरक्षालाई ध्यानमा राखेर व्यवसायमा लगानी गरेको उनको भनाइ छ।

उनले विदेश गएका वा बिरामी पर्दा आर्थिक समस्यामा परेका कलाकारका अनुभवले आफूलाई प्रेरित गरेको बताउँदै भविष्यमा कसैसँग सहयोग माग्नुपर्ने अवस्था नआओस् भन्ने सोचले अहिलेबाटै दोब्बर मेहनत गरिरहेको उल्लेख गरिन्।

एलिना यतिबेला तीज गीतको रेकर्डिङमा पनि व्यस्त छिन्। हालै उनले आफ्नै युट्युब च्यानलमार्फत ‘नौरती फुली’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार