नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।
आजको विनिमयदरअनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७२ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०८ रुपैयाँ १३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३३ पैसा तोकिएको छ।
नेपाल सम्वत् ११४६, दिल्लाथ्वः७ षष्ठी (५ साउन, २०८३, २१ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०८ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३० पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा, साउदी रियाल एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा, तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४२ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ३९ पैसा र बिक्रीदर १० रुपैयाँ ४३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ, तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।
यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ७२ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ९७ पैसा, तथा ओमानी रियाल एकको खरिददर ४०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको जनाएको छ। साथै, आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij