नेपाल सम्वत् ११४६, दिल्लाथ्वः६ षष्ठी (४ साउन, २०८३, २० जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । दोलखा उद्योग वाणिज्य संघले अग्रज पत्रकार तथा रेडियो भीमेश्वरका स्टेशन म्यानेजर गोकर्णप्रसाद भण्डारीलाई संघको प्रेस सल्लाहकार पदमा मनोनित गरेको छ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका भण्डारीले जिल्लाको सामाजिक, आर्थिक, विकास तथा समसामयिक विषयलाई निष्पक्ष र जिम्मेवार ढंगले उठाउँदै आएका छन्। सञ्चार क्षेत्रको लामो अनुभव, व्यावसायिक दक्षता र समाजप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै संघले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ।
संघले प्रेस सल्लाहकारको रूपमा भण्डारीको अनुभवले संस्थाका गतिविधिलाई आमनागरिक, व्यवसायी तथा सरोकारवाला निकायसम्म प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै संघ र सञ्चार माध्यमबीच समन्वय, सूचना प्रवाह तथा संस्थागत गतिविधिको प्रचार–प्रसारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन उनको योगदान रहने अपेक्षा गरिएको छ।
रेडियो भीमेश्वरका स्टेशन म्यानेजरका रूपमा कार्यरत भण्डारी दोलखाको पत्रकारिता क्षेत्रमा परिचित र सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले विगतदेखि नै स्थानीय मुद्दा, विकास निर्माण, निजी क्षेत्रका गतिविधि तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।
उनको मनोनयनसँगै पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। नयाँ जिम्मेवारीमा रहँदै दोलखा उद्योग वाणिज्य संघको संस्थागत विकास, सञ्चार सम्बन्ध विस्तार तथा निजी क्षेत्रका गतिविधिलाई प्रभावकारी रूपमा सार्वजनिक गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij