Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

तामाकोशीका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई बायोमेट्रिकमार्फत नवीकरण गर्न आग्रह

तामाकोशीका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई बायोमेट्रिकमार्फत नवीकरण गर्न आग्रह

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः४ चौठी (२ साउन, २०८३, १८ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि बायोमेट्रिक (जैविक पहिचान) प्रणालीमार्फत अनिवार्य रूपमा नवीकरण गर्न आग्रह गरेको छ।

गाउँपालिकाले सूचना जारी गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा परिचयपत्र बायोमेट्रिक प्रणालीमार्फत नवीकरण गर्नुपर्ने जनाएको हो।

सूचनाअनुसार तामाकोशी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीहरूले २०८३ साउन १ गतेदेखि २०८३ असोज मसान्तसम्म आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा आवश्यक कागजातसहित स्वयं उपस्थित भई बायोमेट्रिकमार्फत परिचयपत्र नवीकरण गराउनुपर्नेछ।

नवीकरणका लागि आवश्यक कागजातहरू:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • सामाजिक सुरक्षा परिचयपत्र वा त्यसको प्रतिलिपि
  • राष्ट्रिय परिचयपत्र नम्बर
  • विधवा महिलाको हकमा श्रीमान्को मृत्यु दर्ता प्रमाणपत्र तथा पुनः विवाह नगरेको वडा कार्यालयको सिफारिस
  • अपाङ्गता भएका लाभग्राहीको हकमा अपाङ्गता परिचयपत्र
  • बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि

गाउँपालिकाले १६ वर्ष उमेर नपुगेका बालबालिका, आफ्नै हेरचाह गर्न नसक्ने अशक्त व्यक्ति तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नहुने पनि स्पष्ट पारेको छ।

सामाजिक सुरक्षा तथा शाखा प्रमुखद्वारा जारी सूचनामा निर्धारित अवधिभित्र नवीकरण प्रक्रिया पूरा गरी सेवा निरन्तर लिन सबै लाभग्राहीलाई आग्रह गरिएको छ।

tamakoshi-notice.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार