नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । शैलुङ गाउँपालिकाले शैलुङ डाँडा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका अस्थायी टहरा तथा पसलहरू १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै शैलुङ डाँडा तथा कालापानी–शैलुङ मिनी ग्रेटवालभन्दा माथिको क्षेत्रमा अनुमति बिना अस्थायी टहरा निर्माण गरी व्यापार सञ्चालन भइरहेको जनाएको छ। स्थलगत अनुगमनका क्रममा यस्ता संरचना भेटिएको र यसले शैलुङ डाँडाको प्राकृतिक सौन्दर्य, पर्यावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा प्रतिकूल असर परेको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाका अनुसार स्थानीय नीति बमोजिम कालापानी–शैलुङ मिनी ग्रेटवालदेखि शैलुङ डाँडासम्म कुनै पनि प्रकारका स्थायी वा अस्थायी संरचना निर्माण तथा व्यापार सञ्चालन गर्न अनुमति छैन।
त्यसैले हाल सञ्चालनमा रहेका सबै अस्थायी टहरा तथा पसलहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित सबैलाई निर्देशन दिइएको छ।
गाउँपालिकाले तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij