नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । दोलखा भीमेश्वर मन्दिर परिसरका व्यवसायीहरूलाई हटाउने विषयमा आफ्नो नाम जोडेर विभिन्न भ्रमपूर्ण हल्ला फैलाइएको भन्दै अजय प्रधानले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।
प्रधानले सार्वजनिक रूपमा जारी गरेको स्पष्टिकरणमा मन्दिर परिसरका व्यवसायीहरूलाई हटाउने निर्णयमा आफ्नो कुनै पनि संलग्नता, दबाब वा भूमिका नरहेको बताउनुभएको छ। “अजय प्रधानको दबाबका कारण व्यवसायीहरूलाई हटाउन लागिएको हो” भन्ने प्रचार पूर्ण रूपमा झुटो, भ्रामक र कपोलकल्पित रहेको उहाँको भनाइ छ।
उहाँले यदि आफ्नो प्रभाव वा दबाबले कुनै निर्णय गराउन सक्ने अवस्था भएको भए, सबैभन्दा पहिले वर्षौंदेखि भीमेश्वर गुठी व्यवस्थापन समितिमा बसेर प्रभावकारी व्यवस्थापन गर्न नसकेको नेतृत्वमाथि प्रश्न उठाउने बताउनुभएको छ। वास्तविक व्यवस्थापनको अभावले दोलखा भीमेश्वर मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक गरिमा कमजोर बन्दै गएकोप्रति आफूले लामो समयदेखि आवाज उठाउँदै आएको उहाँको दाबी छ।
प्रधानले व्यवसायीहरू आफ्नो रोजीरोटीका लागि संघर्ष गरिरहेका नागरिक भएकाले उनीहरूप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको उल्लेख गर्दै वडा कार्यालयबाट जारी सूचनालाई लिएर आफ्नो नाम जोडेर भ्रम फैलाउने प्रयासको पछि नलाग्न सबैसँग आग्रह गर्नुभएको छ।
उहाँले सार्वजनिक सूचना सम्बन्धी विषयमा सत्यतथ्य बुझेर मात्र धारणा बनाउन अनुरोध गर्दै व्यक्तिगत स्वार्थका लागि अरूको चरित्रमाथि अनावश्यक आरोप लगाउने र भ्रम सिर्जना गर्ने कार्यले समाजमा अनावश्यक विवाद मात्र बढाउने बताउनुभएको छ।
अन्त्यमा, अजय प्रधानले भीमेश्वर मन्दिरको संरक्षण, व्यवस्थापन र ऐतिहासिक गरिमाको जगेर्ना सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा मात्रै सार्वजनिक बहस गर्न तथा अफवाहमा विश्वास नगर्न सम्पूर्ण सरोकारवाला र सर्वसाधारणसँग अनुरोध गर्नुभएको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij