स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४७५ रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च स्तरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज एक औँस सुनको मूल्य ४ हजार १४५ अमेरिकी डलर तथा चाँदीको मूल्य ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij