Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

‘कमेडी च्याम्पियन’ सिजन–४ मा नम्रता श्रेष्ठ र मेक्सम गौडेल होस्ट

‘कमेडी च्याम्पियन’ सिजन–४ मा नम्रता श्रेष्ठ र मेक्सम गौडेल होस्ट

नेपाल सम्वत् ११४६, तछलागाः ४ चौथी (२० अषाढ, २०८३, ०४ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजनमा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेल होस्टका रूपमा देखिने भएका छन्।

शुक्रबार आयोजित कार्यक्रममा नम्रतालाई आधिकारिक रूपमा शोको नयाँ होस्टका रूपमा सार्वजनिक गरिएको हो। यसअघि उनले ‘कमेडी दरबार’ र ‘लोकस्टार’ जस्ता टेलिभिजन कार्यक्रम सञ्चालन गरिसकेकी छन्।

यसअघि ‘कमेडी च्याम्पियन’का लगातार तीन सिजन होस्ट गरेकी रीमा विश्वकर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि यस सिजनमा उनको स्थानमा नम्रताको प्रवेश भएको हो।

निर्देशक विशाल भण्डारीका अनुसार, ‘कमेडी च्याम्पियन’को चौथो सिजन आगामी साउनको पहिलो सातादेखि हिमालय टेलिभिजन मार्फत प्रसारण हुनेछ।

यस सिजनका लागि देशभरबाट डेढ सयभन्दा बढी कलाकार प्रतिस्पर्धामा सहभागी हुनेछन्। प्रतियोगिताको छनोट प्रक्रिया सम्पन्न भइसकेको र निर्णायक (जज) हरूको नाम पनि चाँडै सार्वजनिक गरिने निर्देशक भण्डारीले जानकारी दिए।

चौथो सिजनमा नयाँ प्रस्तुति, नयाँ प्रतिभा र ताजापनसहित दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार