नेपाल सम्वत् ११४६, तछलाथ्वः ११ एकादशी (११ अषाढ, २०८३, २५ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएको छ। ललितपुरस्थित द प्लाजामा आयोजित स्यास सेरेमोनीमार्फत प्रतियोगीहरूलाई आधिकारिक नम्बर प्रदान गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रममा आयोजक संस्था ‘द हिडन ट्रेजर’का अध्यक्ष, निर्देशक तथा पूर्व मिस नेपाल विजेताहरूले फाइनलिस्टहरूलाई स्यास र प्रतियोगी नम्बर वितरण गरेका थिए।
सो अवसरमा फाइनलिस्टहरूले आफ्नो परिचय प्रस्तुत गर्दै व्यक्तिगत रुचि, भविष्यका लक्ष्य तथा सामाजिक सरोकारका विषयमा धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी प्रतियोगीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतीकरणले विशेष आकर्षण थपेको थियो।
आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका २४ जना फाइनलिस्टलाई आगामी दिनमा व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सञ्चार कला, सामाजिक उत्तरदायित्व तथा विभिन्न जनचेतनामूलक गतिविधिसम्बन्धी सघन प्रशिक्षण प्रदान गरिनेछ।
यस वर्षको मिस नेपालको मुख्य नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ। विश्वको सर्वोच्च शिखर Mount Everest लाई प्रतीकका रूपमा प्रस्तुत गरिएको उक्त अवधारणाअन्तर्गत हिमाली आदिवासी समुदायको सांस्कृतिक पहिरनमार्फत कार्यक्रमको उद्घाटन गरिएको थियो।
अब यी २४ फाइनलिस्टले विभिन्न चरणका प्रशिक्षण, मूल्याङ्कन र प्रतिस्पर्धा पार गरेपछि मिस नेपालका विभिन्न उपाधि विजेताहरू चयन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले सौन्दर्यसँगै नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई समेत प्राथमिकता दिने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij