नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । लोकदोहोरी तथा मौलिक लोकसङ्गीतका गायक हिमाल घर्ती मगरको नयाँ गीत ‘ए साइली’ सार्वजनिक गरिएको छ। मौलिक लोकभाका र आधुनिक सङ्गीतको आकर्षक संयोजनमा तयार पारिएको उक्त गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।
गीतमा गायक हिमाल घर्ती मगरकै शब्द तथा सङ्गीत रहेको छ। प्रेम, आत्मीयता र ग्रामीण जीवनको मिठासलाई समेटिएको गीतले नेपाली लोकसङ्गीतप्रेमीलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा करण शाही र प्रिती गुरुङको अभिनय रहेको छ। कलाकारद्वयले गीतको भावअनुसारको अभिनयमार्फत कथालाई जीवन्त बनाएका छन्।
भिडियोको निर्देशन विकास पुन मगरले गरेका हुन् भने छायाङ्कन गणेश सापकोटाले गरेका छन्। सम्पादन तथा रङ संयोजन राकेश दाहालले गरेका छन्। प्राविधिक र कलात्मक पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको भिडियोले गीतको सौन्दर्यलाई थप उचाइ दिएको छ।
सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। मौलिक लोकभाकालाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरिएको ‘ए साइली’ नेपाली लोकसङ्गीत क्षेत्रमा अर्को आकर्षक सिर्जनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij