Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

‘माटोको सुगन्ध’बाट गीता अधिकारी उत्कृष्ट गीतकार सम्मानित

‘माटोको सुगन्ध’बाट गीता अधिकारी उत्कृष्ट गीतकार सम्मानित

नेपाल सम्वत् ११४६, अनलागाः १५ औसी (१ अषाढ, २०८३, १५ जुन, २०२६) सोमबार, बाँपिझ्याला । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारी राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)को नवौं संस्करणमा सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्डबाट सम्मानित हुनुभएको छ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले ‘माटोको सुगन्ध’ गीतमार्फत उक्त अवार्ड प्राप्त गर्नुभएको हो। सोही गीतबाट सिक्किमका जीवन शर्मा सर्वोत्कृष्ट संगीतकार घोषित हुनुभयो।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्व अध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका अध्यक्ष माधवराज खरेल तथा संयोजक कमला जोशी रहनुभएको थियो भने कार्यक्रमको निर्देशन सनम कठायतले गर्नुभएको थियो। समारोहमा विभिन्न ३० विधामा जुरी अवार्ड समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार