नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा संघमा आबद्ध प्रारम्भिक सहकारी संस्थाहरूका लागि निःशुल्क एकदिने “सञ्चालक समितिको बैठक तथा वार्षिक साधारणसभाको निर्णय लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम” चरिकोटमा सम्पन्न भएको छ।
संघका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का वरिष्ठ उपाध्यक्ष जीवशराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक गोपालध्वज खड्काले सहजीकरण गर्नुभएको थियो।
सहकारी संस्थाहरूको सुशासन, पारदर्शिता तथा प्रभावकारी व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा ४९ वटा प्रारम्भिक सहकारी संस्थाबाट ७५ जना सञ्चालक तथा व्यवस्थापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सञ्चालक समितिको बैठक सञ्चालन गर्ने विधि, बैठकका निर्णयहरू व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने प्रक्रिया, वार्षिक साधारणसभाको तयारी तथा व्यवस्थापन, निर्णय लेखनका कानुनी र व्यवहारिक पक्षलगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपले संस्थागत निर्णय प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। आयोजक संघले यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै सहकारी क्षेत्रको संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij