नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । गतवर्ष बक्स अफिसमा सफल बनेको नेपाली फिल्म मनबिनाको धन को सिक्वेल बन्ने भएको छ । निर्माण पक्षले मनबिनाको धन २ निर्माणको औपचारिक घोषणा गरेको हो ।
गत वर्ष रिलिज भएको पहिलो श्रृंखलाले बक्स अफिसमा करिब ४ करोड ग्रस कलेक्शन गर्न सफल भएको थियो । सिक्वेललाई पनि निर्देशक टंक बुढाथोकी ले नै निर्देशन गर्नेछन् । यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति हुनेछ ।
फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेख्नेछन् भने कथा र संगीत पनि टंक बुढाथोकीकै रहनेछ ।
फिल्मको मुख्य भूमिकाका लागि नायिका पूजा शर्मा अनुबन्धित भइसकेकी छन् । आइतबार पूजा र टंकबीच कागजी सम्झौता भएको बताइएको छ । निर्माण टिमका अनुसार फिल्मको छायांकन भदौ महिनाबाट सुरु गरिनेछ ।
पहिलो श्रृंखलामा मुख्य भूमिकामा रहेका अशोक दर्जी सिक्वेलमा रहने वा नरहने विषयमा निर्माण पक्षले आधिकारिक जानकारी दिएको छैन । यद्यपि, निर्माण स्रोतले अशोक पनि फिल्ममा देखिन सक्ने सम्भावना उच्च रहेको जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij