Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

पाल्पाको निस्दीमा घाटु नाचको रौनक, मौलिक संस्कृति अझै जीवित

पाल्पाको निस्दीमा घाटु नाचको रौनक, मौलिक संस्कृति अझै जीवित

नेपाल सम्वत् ११४६, बछलागाः ३ तृतिया (२१ बैशाख, २०८३, ४ मे, २०२६) सोमबार, बाँपिझ्याला । पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका ग्रामीण बस्तीहरूमा सदियौंदेखि चलिआएको परम्परागत घाटु नाच अहिले पनि निरन्तर देख्न पाइन्छ। रंगीचंगी पहिरन, गहना र खाँकरको छमछम आवाजसँगै महिलाहरूको समूह गीत गाउँदै समान तालमा नाच्ने यो दृश्यले गाउँलाई सांस्कृतिक उत्सवझैँ बनाएको छ।

मगर समुदायको मौलिक घाटु नाच वैशाख पूर्णिमादेखि तीन दिनसम्म विशेष रूपमा प्रस्तुत गरिन्छ। यस नाचमा गुरुआमाले गीत सुरु गरेपछि अन्य महिलाहरूले साथ दिन्छन् भने कन्या किशोरीहरू (घाटुसरी) नाच प्रस्तुत गर्छन्। परशुराम राजा र यम्पावती रानीको कथा, उनीहरूको जीवन, प्रेम, युद्ध र मृत्युको कथा गीतमार्फत प्रस्तुत गरिन्छ।

Magar1.jpg

स्थानीयवासीका अनुसार यो परम्परा देवीदेवताको पूजा र गाउँको समृद्धि तथा शान्तिको कामनासँग जोडिएको छ। एकपटक घाटु नाचेकी कन्याले विवाह नभएसम्म हरेक वर्ष नाच्नुपर्ने मान्यता पनि छ।

यद्यपि पछिल्लो समय नयाँ पुस्ताको कम सहभागिताका कारण यो संस्कृति केही स्थानमा सीमित हुँदै गएको छ, तर निस्दीका भोर्मा, बेलौजी, ज्यामिरे लगायत बस्तीमा अझै निरन्तर संरक्षण भइरहेको छ। स्थानीय समुदायले आपसी सहयोगमा खर्च जुटाएर यो मौलिक संस्कृतिलाई जीवन्त राख्दै आएका छन्।

घाटु नाचले निस्दी क्षेत्रको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउँदै पर्यटक र अवलोकनकर्ताको आकर्षण पनि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार