नेपाल सम्वत् ११४६, चौलागाः ८ अष्टमी (२७ चैत्र, २०८२, १० अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन्। श्रम संस्कृति पार्टीकी सांसद ठाकुर सबैभन्दा कान्छी उपसभामुखका रूपमा समेत स्थापित भएकी हुन्।
शुक्रबार भएको मतदानमा ठाकुरले २२९ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरिन्। उनको विपक्षमा पाँच मत परेको थियो भने २२ सांसदले मत नदिने पक्षमा मतदान गरेका थिए। उनको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी तथा श्रम संस्कृति पार्टीले समर्थन जनाएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले भने तटस्थ बसेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरेको थियो।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी सरस्वती लामाको प्रस्ताव भने सदनले अस्वीकृत गरेको थियो। उनको पक्षमा जम्मा पाँच मत परेको थियो भने २१५ मत विरोधमा र ३७ मत तटस्थमा परेका कारण उनको उम्मेदवारी असफल भएको थियो।
यससँगै रुवीकुमारी ठाकुर नेपालको संसदीय इतिहासमा नयाँ रेकर्ड कायम गर्दै उपसभामुख पदमा निर्वाचित भएकी छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij