नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशित गर्दै चैत १५ गतेदेखि लागू हुने गरी संगठन भंग गरिएको जानकारी दिएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचनामा सरकारको शासकीय सुधार योजना अनुरूप यो निर्णय लिइएको उल्लेख गरिएको छ।
सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने योजना समावेश छ। सोही नीतिअनुसार बोर्डमा रहेको कर्मचारी युनियन पनि भंग गरिएको हो।
सरकारका अनुसार शिक्षा क्षेत्रमा बढ्दो दलीय हस्तक्षेप, विद्यार्थीहरूको वास्तविक आवाज नसमेटिने समस्या तथा शैक्षिक गुणस्तरमा आएको गिरावटलाई सुधार गर्न यस्तो कदम चालिएको हो।
यसैबीच, सोही कार्यसूचीअनुसार ९० दिनभित्र परम्परागत दलीय विद्यार्थी संगठनहरूको सट्टा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता नयाँ संयन्त्र विकास गर्ने तयारी सरकारको छ। हाल विद्यालय तथा विश्वविद्यालयहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरू सक्रिय रूपमा कार्यरत रहेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij