Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन

नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ। आइतबार कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी सांसद बलावती शर्माका अनुसार दलको नेता चयनसँगै नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई करिब दुई घण्टाको अभिमुखीकरण तालिम समेत दिइएको थियो। सो क्रममा विज्ञहरूले सांसदहरूलाई संसदीय प्रक्रिया, जिम्मेवारी र भूमिकाबारे प्रशिक्षण दिएका थिए।

उक्त अवसरमा सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता भीम रावल लगायतले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

यसैबीच, संसदीय दलको बैठकले संसदमा सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ। पार्टीले सरकारका कामकारबाहीको निगरानी गर्दै जनचासोका विषयहरूलाई प्रभावकारी रूपमा संसदमा उठाउने रणनीति तय गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार