Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

६० दिनभित्र विद्यालय–विश्वविद्यालयबाट दलीय संगठन हटाइने

६० दिनभित्र विद्यालय–विश्वविद्यालयबाट दलीय संगठन हटाइने

नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला ।  सरकारले शैक्षिक सुधार अन्तर्गत ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने निर्णय गरेको छ। शासकीय सुधारका लागि सार्वजनिक १०० बुँदे कार्यक्रमअनुसार, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्न दलीय विद्यार्थी संगठनको सट्टा विद्यार्थी काउन्सिल (Voice of Student) स्थापना गरिनेछ।

सरकारले सार्वजनिक कार्यसूचीमा उल्लेख गरेको छ कि विद्यालय/विश्वविद्यालयबाट दलीय संरचना हटाइ ९० दिनभित्र विद्यार्थी काउन्सिलको विकास गरिनेछ। यसले शैक्षिक गुणस्तर गिरावट र विद्यार्थीमाथिको राजनीतिक दबावलाई कम गर्ने उद्देश्य राखेको छ।

त्यसैगरी, विश्वविद्यालयहरूले स्नातक र स्नातकोत्तर परीक्षा नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेको क्यालेन्डर अनुसार निकाल्नेछन्। नागरिकता प्रमाणपत्र बिना पनि विद्यार्थीहरूले स्नातक अध्ययन पूरा गर्न सक्ने व्यवस्था लागू गरिनेछ।

साथै, कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिन रोक्ने निर्णय गरिएको छ। विद्यार्थीहरूमा मनोवैज्ञानिक दबाव नपर्ने खालको मूल्याङ्कन प्रणाली विकास गर्ने योजना कार्यसूचीमा समावेश गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार