Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

घरमै पुग्ने सरकारी कागजात: ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सुरु हुने

घरमै पुग्ने सरकारी कागजात: ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सुरु हुने

नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला ।  मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत बुँदा नम्बर २७ अनुसार सरकारले हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गर्दै ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि सारेको छ।

यस योजनाअनुसार राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सरकारी कागजातहरू अब सुरक्षित रूपमा नागरिकको घरमै पुर्‍याइनेछ। हाल नागरिकले यस्ता सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने र लामो समय कुर्नुपर्ने समस्या रहेको अवस्थामा यो व्यवस्था प्रभावकारी समाधानका रूपमा लिइएको छ।

सरकारले यो सेवा आगामी १०० दिनभित्रै लागू गर्ने लक्ष्य राखेको छ। प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले यो कदम चालिएको जनाएको छ।

यो व्यवस्था लागू भएपछि अनलाइनमार्फत आवेदन दिएपछि तयार भएका कागजातहरू कुरियर सेवाबाट सिधै घरमै प्राप्त हुनेछन्। यसले नागरिकको समय बचत गर्नुका साथै प्रशासनिक झन्झट घटाउने अपेक्षा गरिएको छ। विशेषगरी दुर्गम क्षेत्रका बासिन्दा र व्यस्त नागरिकहरूका लागि यो सेवा निकै उपयोगी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार