Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

नेपाल तरुण दल द्वारा केपी शर्मा ओली र रमेश लेखक पक्राउको भर्त्सना, सरकारलाई पुनर्विचारको आग्रह

नेपाल तरुण दल द्वारा केपी शर्मा ओली र रमेश लेखक पक्राउको भर्त्सना, सरकारलाई पुनर्विचारको आग्रह

नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाउँदै उक्त कदमलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा’ भएको टिप्पणी गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ द्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो कदमले लोकतान्त्रिक मूल्य, विधिको शासन र राजनीतिक सहिष्णुतामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा एकपक्षीय र दुराशयपूर्ण निर्णयहरूले देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको चेतावनी दिइएको छ। साथै वर्तमान सरकारलाई आफ्ना निर्णयहरू पुनर्विचार गर्न, विधिसम्मत प्रक्रिया अपनाउन र पारदर्शी तथा निष्पक्ष ढङ्गले अघि बढ्न आग्रह गरिएको छ।

तरुण दलले देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्दै शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य र संवाद आवश्यक रहेकोमा जोड दिएको छ।

tarun-dal.jpg
undefined

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार