Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

बालेन्द्र शाह नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन, रामचन्द्र पौडेल समक्ष मन्त्रीहरूको शपथ

बालेन्द्र शाह नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन, रामचन्द्र पौडेल समक्ष मन्त्रीहरूको शपथ

नेपाल सम्वत् ११४६, चौलाथ्वः ९ नवमी (१३ चैत्र, २०८२, २७ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । बालेन्द्र शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। उक्त समारोहमा रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री शाहले पहिलो शपथ लिएपछि मन्त्रिपरिषद्का अन्य सदस्यहरूले क्रमशः शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त मन्त्रिपरिषद् १५ सदस्यीय रहेको जनाइएको छ, जसमा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल नियुक्त भएका छन्। यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि शपथ लिएका छन्।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्रीका रूपमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम नियुक्त भएका छन्। कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगारमन्त्री दीपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

समारोहमा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। नयाँ मन्त्रिपरिषद्ले देशको प्रशासनिक, आर्थिक तथा सामाजिक क्षेत्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

 

Mantri.jpg
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार