नेपाल सम्वत् ११४६, चिल्लागाः १३ त्रयोदशी (३ चैत्र, २०८२, १७ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म 'हामी तीन भाइ' को ट्रेलर सार्वजनिक गरिएको छ। मधुसूदन भट्टराई निर्देशित फिल्मले गाउँमा बस्ने तीन दाजुभाइको जीवन र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ।
ट्रेलरमा सुरुमा अत्यन्त मिलेर बसेका दाजुभाइहरू विवाहपछि विभिन्न कारणले मनमुटावमा पर्ने संकेत देखाइएको छ। विशेषगरी वैवाहिक जीवनपछि आउने सम्बन्धको तनाव र अंश (सम्पत्ति) को विषयले दाजुभाइबीच दूरी बढ्दै जाने कथा प्रस्तुत गरिएको छ।
फिल्ममा पारिवारिक सम्बन्ध, प्रेम, झगडा र भावनात्मक द्वन्द्वलाई प्राथमिकताका साथ देखाइएको छ, जसले यसलाई सामाजिक तथा पारिवारिक कथामा आधारित बनाएको छ। दाजुभाइको भूमिकामा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई देखिएका छन्।
उनीहरूको साथमा लक्ष्मी बर्देवा, जाहन्वी बस्नेत, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झालगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका प्रस्तुतकर्ता साजित महत हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार गरेका हुन्। निर्माणमा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्।
‘हामी तीन भाइ’ यही चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij