नेपाल सम्वत् ११४६, चिल्लागाः ६ पञ्चमी (२५ फागुण, २०८२, ९ मार्च, २०२६) सोमबार, बाँपिझ्याला । जुम्लामा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो र नेकपा एमाले चौथो दल बनेको छ ।
सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले नेकपाले १० हजार २ सय २ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको कांग्रेसले ९ हजार ३ सय ६० र तेस्रोमा राप्रपाले ६ हजार ५ सय ५२ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले ६ हजार ६० मत प्राप्त गरेको चौथो स्थान प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ ह १ सय १८ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले १ हजार ४ सय २१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
११० मतदान केन्द्रमा मतदान भएको थियो । कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकोमा ४० हजार ८ सय ७८ मत खसेको थियो । समानुपातिक तर्फको परिणाम हेर्दा जुम्लामा राप्रपा र रास्वपालाई राम्रो मत गएको देखिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij