Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

सिंहदरबारमै जेन-जीको कडा चेतावनी: न्याय नदिए घरमै पुग्छौँ

सिंहदरबारमै जेन-जीको कडा चेतावनी: न्याय नदिए घरमै पुग्छौँ

नेपाल सम्वत् ११४६, चिल्लागाः ५ पञ्चमी (२४ फागुण, २०८२, ८ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । सिंहदरबार भित्र आयोजित एक कार्यक्रममा युवा पुस्ता जेन.जी समूहका प्रतिनिधिहरूले अध्यक्ष कार्कीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै चेतावनी दिएका छन्। कार्यक्रममा उपस्थित युवाहरूले आफूहरूले माग गरेको न्याय र समाधान नपाए आन्दोलन अझ सशक्त बनाउने बताएका हुन्।

उनीहरूले सम्बन्धित निकायले निष्पक्ष निर्णय नगरे प्रत्यक्ष दबाब बढाउने चेतावनी दिँदै “यदि न्याय नमिले हामी चुप लागेर बस्दैनौँ, तपाईंको घर पनि देखेका छौँ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि कार्यक्रमस्थल केहीबेर तनावपूर्ण बनेको थियो।

युवाहरूले आफूहरू सामाजिक न्याय, पारदर्शिता र उत्तरदायित्वको पक्षमा आवाज उठाइरहेको बताउँदै लामो समयदेखि उठाइएका मागहरू सम्बोधन नभएको गुनासो गरेका छन्। उनीहरूको भनाइमा जिम्मेवार निकायले समयमै निर्णय नगर्दा युवाहरूको असन्तुष्टि बढ्दै गएको छ।

घटनापछि सुरक्षा व्यवस्थापन कडा बनाइएको थियो भने आयोजकको पहलमा अवस्था सामान्य बनाइएको बताइएको छ। यस घटनापछि राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

यद्यपि, अध्यक्ष कार्की वा सम्बन्धित निकायबाट यसबारे औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार