Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

सिन्धुपाल्चोक–२ मा नेकपा का युवराज दुलाल विजयी

सिन्धुपाल्चोक–२ मा नेकपा का युवराज दुलाल विजयी

सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रीता बख्रेलका अनुसार दुलालले २१,६९९ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वंशलाल तामाङलाई पराजित गर्नुभएको छ।

दुलाल यसअघि २०७४ र २०७९ को बागमती प्रदेशसभा निर्वाचनमा जित हासिल गरी प्रदेश मन्त्रीसमेत भइसकेका छन्। युवा नेतृत्व र जनमुखी कार्यशैलीका कारण उहाँ क्षेत्रका लोकप्रिय नेताका रूपमा परिचित छन्।

मत परिणाम (मुख्य उम्मेदवार):

युवराज दुलाल (नेकपा): २१,६९९

वंशलाल तामाङ (नेपाली कांग्रेस): १८,८४८

शेरबहादुर तामाङ (नेकपा–एमाले): १५,५१४

झलककुमार श्रेष्ठ (रास्वपा): १३,९१७

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार