नेपाल सम्वत् ११४६, चिल्लागाः ४, (२३ फागुण, २०८२, ७ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिटमा जित हासिल गरिसकेको छ भने १०० सिटमा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेसले ४ सिटमा जित निकाल्दा ११ सिटमा अग्रता लिएको छ भने नेकपा एमालेले १ सिटमा जित र १३ क्षेत्रमा अग्रता बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीले २ सिट जितेको छ भने १० क्षेत्रमा अग्रता लिइरहेको छ । श्रम संस्कृति पार्टी ३ क्षेत्र र राप्रपा १ क्षेत्रमा अग्रस्थानमा छन् ।
केही क्षेत्रमा समानुपातिकतर्फको मत समेत गणना भइरहेको छ । समानुपातिकतर्फ पनि रास्वपाकै पक्षमा लहर देखिएको छ । हालसम्म ३९ हजार ४८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४४२ मत प्राप्त गरेको छ । कांग्रेसले ७ हजार ५०५, राप्रपाले ३ हजार १६९, एमालेले २ हजार ९९०, श्रम संस्कृतिले ९६०, नेपाली कम्युनिस्ट पार्टीले ९५१, राष्ट्रिय परिवर्तन पार्टीले ५३५ र नेपाल मजदुर किसान पार्टीले १६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij