Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता

नेपाल सम्वत् ११४६, चिल्लागाः ४, (२३ फागुण, २०८२, ७ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले झापा जिल्ला को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा उल्लेखनीय अग्रता कायम गरेका छन्। बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा शाहले प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै पछाडि पार्दै विजयतर्फ अघि बढेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म कुल ४४ हजार ३५० मत गणना भएको छ। यसमध्ये शाहले २८ हजार १५२ मत प्राप्त गरेका छन्, जुन गणना भएको मतको ठूलो हिस्सा हो।

यसै क्षेत्रमा उम्मेदवार रहेका केपी शर्मा ओली, जो नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत हुन्, हालसम्म ७ हजार ३९३ मतसहित दोस्रो स्थानमा रहेका छन्। शाहको मतसंख्याको तुलनामा ओलीको मत करिब चार गुणा कम रहेको देखिन्छ, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

अन्य प्रतिस्पर्धीहरूमध्ये श्रम संस्कृति पार्टी का उम्मेदवार समीर तामाङ ले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थानमा छन्।

त्यसैगरी:

  • नेपाली कांग्रेस की उम्मेदवार मन्धरा चिमरिया – ८२४ मत

  • नेपाल कम्युनिस्ट पार्टी का रञ्जित तामाङ – ७३६ मत

  • राष्ट्रिय प्रजातन्त्र पार्टी का लक्ष्मीप्रसाद संग्रौला – ६६२ मत

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार