Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अग्रस्थानमा

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अग्रस्थानमा

नेपाल सम्वत् ११४६, चिल्लागाः ३, (२२ फागुण, २०८२, ६ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राजीव खत्री (राष्ट्रिय स्वतन्त्र पार्टी) ले अग्रता कायम राख्नुभएको छ।

पछिल्लो मत परिणाम अनुसार:

  • राजीव खत्री — ७,००२ मत

  • महेश बस्नेत (एमाले) — २,५३८ मत

  • कविर राणा (कांग्रेस) — १,१५८ मत

भक्तपुर–२ मा कुल ९८,२५६ मतदाता रहेकोमा ७२,१२६ मत खसेको थियो। सूर्यविनायक र मध्यपुर थिमीका मुख्य वडाहरूको मतगणना सकिसकेको छ। मुख्य निर्वाचन अधिकृत भीम विसी का अनुसार शनिबारसम्म अन्तिम नतिजा आउन सक्ने सम्भावना छ।

राजीव खत्रीको अग्रताले रास्वपाको प्रभाव यस क्षेत्रमा बढ्दै गएको संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार