नेपाल सम्वत् ११४६, चिल्लागाः ३, (२२ फागुण, २०८२, ६ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कांग्रेस ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङ जिल्ला बाट आफ्नो खाता खोलेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जीत हात पारेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्द्रधारा विष्ट (नेकपा एमाले) ले १ हजार ८०६ मत प्राप्त गरेका छन्।
योसँगै थकाली दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचन मा पनि उनले ३ हजार ९९२ मत प्राप्त गर्दै जीत हासिल गरेका थिए।
मुस्ताङमा कुल ११ हजार ३२८ मतदाता रहेकोमा यसपटक ६ हजार ३९७ मत खसेको थियो। एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कम मतदाता भए पनि यहाँको चुनावी परिणामलाई राष्ट्रिय राजनीतिमा प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij