Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

देउवाको गढ डडेल्धुरामा नयाँ संकेत: रास्वपाका ताराप्रसाद जोशीको सुरुवाती अग्रता

देउवाको गढ डडेल्धुरामा नयाँ संकेत: रास्वपाका ताराप्रसाद जोशीको सुरुवाती अग्रता

नेपाल सम्वत् ११४६, चिल्लागाः ३, (२२ फागुण, २०८२, ६ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला ।  डडेल्धुरा जिल्ला मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मतगणनामा डा. ताराप्रसाद जोशी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले अग्रता लिएका छन्। लामो समयदेखि शेरबहादुर देउवा को राजनीतिक प्रभाव रहेको यस क्षेत्रमा यसपटक भने नयाँ अनुहारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।

मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइराला का अनुसार हालसम्मको मतगणनामा डा. जोशीले १ हजार ५२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।

उनलाई पछ्याउँदै शेरसिंह माल (नेपाल कम्युनिस्ट पार्टी) ले ५३० मत प्राप्त गरेका छन्। त्यसैगरी नयनसिंह महर (नेपाली कांग्रेस) ५०८ मत का साथ तेस्रो स्थानमा छन् भने चक्रप्रसाद स्नेही (नेकपा एमाले) ले ३१७ मत प्राप्त गरेका छन्।

मतदानको विवरण

डडेल्धुरामा कुल ९० हजार ४०३ मतदाता रहेकोमा ४५ हजार ९०९ मत खसेको थियो। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

हाल मुख्य निर्वाचन अधिकृतको कार्यालय मा मतगणना कार्य तीव्र गतिमा जारी रहेको छ। प्रारम्भिक मत परिणामले डडेल्धुराको परम्परागत राजनीतिक समीकरणमा परिवर्तन आउन सक्ने संकेत देखिएको भन्दै राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार