Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

दोलखामा प्रतिनिधिसभा निर्वाचनको मतगणना आज ३ बजेबाट

दोलखामा प्रतिनिधिसभा निर्वाचनको मतगणना आज ३ बजेबाट

नेपाल सम्वत् ११४६, चिल्लागाः ३, (२२ फागुण, २०८२, ६ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखा जिल्ला मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज दिउँसो ३ बजेबाट सुरु हुने भएको छ।

आज बसेको सर्वदलीय बैठक ले मतगणना दिउँसो ३ बजेबाट सुरु गर्ने निर्णय गरेको हो। मतगणना गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोट मा गरिने तयारी गरिएको छ।

निर्वाचन अधिकारीका अनुसार हिजो साँझ नै सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम चरिकोटमा ल्याइसकिएको छ।

मतदानको अवस्था

जिल्ला निर्वाचन कार्यालय दोलखा का अनुसार जिल्लामा ४९.६० प्रतिशत मतदान भएको छ।

  • कुल मतदाता: १,७०,३२१

  • खसेको मत: ८४,४८१

मतदाताको विवरण

  • पुरुष: ४५,४५७

  • महिला: ३९,०२४

मतदानको अवस्था

जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

तर तामाकोशी गाउँपालिका–४ मालु स्थित एक मतदान केन्द्रमा केही ढिलाइ भएपछि मात्र मतदान सुरु भएको थियो। त्यसबाहेक जिल्लाभर कुनै ठूलो अवरोधबिना मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार