नेपाल सम्वत् ११४६, चिल्लागाः १, (२० फागुण, २०८२, ४ मार्च, २०२६) बुधबार, बाँपिझ्याला, दोलखा । भोली फागुण २१ गते हुन गईरहेको प्रतिनिधी सभा निर्वाचनमा दोलखा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काको जितको चर्चा शिखरमा पुगेको छ ।
यसै गरी नेकपा (एमाले) बाट पार्वत गुरुङ, नेपाली काँग्रेस बाट अजयबाबु शिवाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिस खरेल सहीत ३४ जनाको उम्मेदवारी रहेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखाको प्रतिनिधि सभा निर्वाचनमा युवा नेता विशाल खड्का लाई उम्मेदवार बनाई प्रतिस्पर्धाका लागि अघि बढाएको छ। खड्कालाई पार्टीको केन्द्रीय नेतृत्वले टिकट दिएर मैदानमा उतारेको हो, जसले पार्टी भित्र विश्वासयोग्य र अनुभवी प्रतिस्पर्धीका रूपमा परिचित छ।
विशाल खड्का दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका का स्थायी बासिन्दा हुन् र ४० वर्षभन्दा माथि उमेरका अनुभव र स्थानीय सामाजिक–आर्थिक मुद्दामा गहिरो बुझाइ भएका नेताका रूपमा चिनिन्छन्। उनी राष्ट्रिय राजनीति र स्थानीय हितलाई सुम्पन्न गरी स्थानीय विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य पहुँच सुधार गर्न प्राथमिकता दिन लागेको लक्ष्य व्यक्त गर्दै आएका छन्।
चुनावी अभियानका क्रममा खड्का स्वयंले स्पष्ट रूपमा भनेका छन् कि उनी मत होइन, दोलखाबासीका लागि काम माग्न आए भन्ने मान्यता राख्छन् र मतदातासँग आफ्नो एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएका छन् । यसरी खड्का जिल्लाको सातै पालिकाको गाँउघर, कुना कन्दरामा घरदैलो अभियानमा पुग्दा मतदाताहरुसंगको छलफल र सहजिकरण पछी जितको सुनिश्चित बोक्दै अभियान सम्पन्न गर्दै भोली हुने चुनावमा मतदान गर्न जन्मघर जुँगु फर्केका छन् ।
भोली फागुन २१, २०८२ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दोलखामा १४ दल र स्वतन्त्र व्यक्ती गरी कुल ३४ उम्मेदवार प्रतिस्पर्धात्मक गर्दै छन् ।
गाउँ–गाउँमा राजनीतिक गतिविधि बढ्दै गएको छ र दलहरू आफ्ना उम्मेदवारसहित मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा जुटिरहेका छन्।काठमाडौंमा पनि दोलखा सम्बद्ध युवाहरूले पहिलो पूर्व–निर्वाचन बहस कार्यक्रम सम्पन्न गरेका छन्, जसले मतदानदेखि पहिला मतदातालाई उम्मेदवारको एजेन्डा बुझ्ने अवसर दिएको छ। समग्र राजनीतिक सरगर्मी बाहिरबाट शान्त देखिए पनि भित्री रुपमा मतदाता आफ्ना विकल्प अंकगणित र जनमतका आधारमा तौलिरहेका छन्।
मुख्य प्रतिस्पर्धी उम्मेदवारहरू नेकपा एमालेका पार्वत गुरुङ चुनावी मैदानमा उत्रेका छन् । वामपन्थी पक्षसँग मतदातालाई सम्बोधन गर्दै आफ्नो पुरानो मतब्यवस्था कायम राख्ने प्रयास गरिरहेका छन्। तर पार्टीमा आन्तरीक मतभेदका कारण यो प्रयास गुरुङको कति सम्भव होला भन्ने जिल्लावासीको चासोको बिषय बनेको छ ।
त्यसै गरी अर्का उम्मेदवार नेपाली काँग्रेसका अजयबाबु शिवाकोटी चुनावी मैदानमा उत्रिएका छन् र परम्परागत लोकतान्त्रिक मतदातालाई केन्द्रमा राखेर अभियान अघि बढाइरहेका छन्। यसै गरी काँग्रेस भित्रपनी आन्तरीक मतभेद कायमै रहेको छ ।
राजनीतिक समीक्षात्मक विश्लेषण
दोलखा जिल्ला निर्वाचन क्षेत्रको पृष्ठभूमि परम्परागत रूपमा वामपन्थी बीच प्रतिस्पर्धात्मक रहेको छ, जहाँ नेकपा जितको चर्चा धेरै अघि रहेको छ भने त्यो सं–संगै नेकपा (एमाले) र नेपाली काँग्रेस बीच सन्तुलन देखिएको छ। यसै गरी केही युवा पुस्ता राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उभिएको देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको मत आफ्नै पक्षमा राख्न सफल देखिएपनी नेकपा एमाले र काँग्रेस पक्षका केही कार्यकर्ता स्वतन्त्र पार्टीको पक्षमा उभिएको देखिन्र्दै आएकोछ ।
नेकपाले युवा नेताहरूलाई अगाडि ल्याएर स्थानीय समृद्धि र विकासमुखी एजेन्डा प्रस्तुत गरिरहेको छ, जसले मतदातामा नयाँ उम्मेदवादी विकल्प प्रस्तुत गरेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्का ले दोलखाबाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लडिरहेका छन्। उनी स्थानीय मुद्दा, विकास तथा रोजगारका विषयलाई प्राथमिकता दिएका छन् र मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
दोलखा निर्वाचन क्षेत्रमा ३४ भन्दा बढी उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्, जसले दोलखालाई गतिशील र समृद्ध प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्र बनाएको छ। अव मतदाताको अधिकार भोली विहानदेखि शुरुहुने मतदानमा प्रयोग भएपछी यर्थात स्थिती सार्वजनिक हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij