Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

भीमेश्वर डाँडागाउँ दोलखामा मौन अवधीको १ घण्टा अगाडी राजनीतिक भूकम्प

भीमेश्वर डाँडागाउँ दोलखामा मौन अवधीको १ घण्टा अगाडी राजनीतिक भूकम्प

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १४, (१८ फागुण, २०८२, २ मार्च, २०२६) सोमबार, बाँपिझ्याला, दोलखा । स्थानीय तहको निर्वाचन अन्तर्गत मौन अवधिको केही घण्टा अघि भीमेश्वर नगरपालिका वडा नं. २ को तामाङ बस्तिको बाहुल्यता रहेको डाँडागाउँमा राजनीतिक माहोल एकाएक तातिएको छ।

नेकपा एमाले र नेपाली कांग्रेसका स्थापना कालदेखि सक्रिय रहेका पुराना नेता–कार्यकर्ता, युवा, महिला तथा जेष्ठ नागरिक सहित दुई दर्जनभन्दा बढी स्थानिय नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

डाँडागाउँसहित वडा नं. २ का विभिन्न टोलबाट लामो समयदेखि अन्य दलमा आबद्ध रहेका व्यक्तिहरूले औपचारिक रूपमा पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम बढ्दो रहेको नेकपा भीमेश्वर नगर सचिव अजय प्रधानले जनाएको छ। पछिल्लो समय वडा नं. २ मा दल परिवर्तनको लहर देखिएको बताइएको छ।

नवप्रवेशीहरूलाई नेकपा दोलखा जिल्ला सचिव भिम बहादुर श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु भुमी चौलागाई, होमचन्द्र श्रेष्ठ, र उपेन्द्र प्रधानले टीका र खादा लगाएर स्वागत गरेका थिए। स्वागत कार्यक्रम उत्साहजनक र जोसिलो वातावरणमा सम्पन्न भएको कमिटि सदस्य बताएका छन्।

कार्यक्रममा बोल्दै नेताहरूले जनताको चाहना, विकासप्रतिको प्रतिबद्धता र स्थानीय नेतृत्वप्रतिको विश्वासका आधारमा पार्टीमा प्रवेशको क्रम बढेको दाबी गरेका थिए। उनीहरूले वडा नं. २ मा संगठन विस्तार र जनसमर्थन सुदृढ बन्दै गएको उल्लेख गरे।

मौन अवधिको पूर्वसन्ध्यामा भएको यो प्रवेश कार्यक्रमले वडा नं. २ को राजनीतिक समीकरणमा थप चासो र चर्चा थपेको छ। स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई आगामी परिणामसँग जोडेर समेत हेरिएको छ। आजको प्रवेशले दोलखाको डाँडागाउँमा एमाले र काँग्रेस बृतमा पहिरो गएको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार