Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

चुनाव हुन १० दिन बाँकी: जनप्रतिनिधिलाई प्रचारमा सहभागी नहुन आग्रह

चुनाव हुन १० दिन बाँकी: जनप्रतिनिधिलाई प्रचारमा सहभागी नहुन आग्रह

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ६, षष्ठी (११ फागुण, २०८२, २३ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो।

निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको उल्लेख गर्दै आयोगले उक्त आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिरहेका छन् वा छैनन् भन्ने विषयमा अनुगमन भइरहेको जनाएको छ। स्थानीय तहका केही जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ।

यद्यपि, आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सहभागी हुनु आचारसंहिता विपरीत हुने भन्दै आयोगले त्यस्तो कार्य नगर्न सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार