आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन समितिले उपत्यकामा दोलखावासी बिच चुनावी गतिविधि तीव्र बनाएको छ। सोही क्रममा आज फागुन ९ गते शनिबार बिहान ११ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतली काठमाण्डौमा विशेष चुनावी सन्देश सभा आयोजना गरिने भएको हो।
उक्त सभालाई पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पार्टी स्रोतका अनुसार सभामार्फत राष्ट्रिय राजनीतिक परिस्थिति, निर्वाचनको तयारी, संगठन सुदृढीकरण तथा दोलखाको समग्र विकास एजेन्डाबारे धारणा सार्वजनिक गरिनेछ।
काठमाडौं उपत्यकामा उल्लेख्य संख्यामा दोलखा जिल्लावासीको बसोबास रहेको सन्दर्भमा उनीहरूलाई संगठित गर्दै चुनावी माहोल सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र कार्कीले काठमाडौंमा रहेका सम्पूर्ण दोलखावासी बुबाआमा, दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुक महानुभावहरूलाई सभामा उपस्थित हुन आग्रह गरेका छन्।
सभामा उपत्यकामा बसोबास गर्ने दोलखा जिल्लावासीमध्ये कम्तीमा ५ हजार जनाको सहभागिता गराउने लक्ष्य राखिएको जनाइएको छ। उपत्यका केन्द्रित यस्ता कार्यक्रमहरूले पार्टीको चुनावी अभियानलाई थप सशक्त बनाउने विश्वास समितिले लिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij