Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

देशभर विविध कार्यक्रमसँगै राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

देशभर विविध कार्यक्रमसँगै राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः २, द्धितीया (७ फागुण, २०८२, १९ फ्रेब्रुअरी, २०२६) बिहीबार, बाँपिझ्याला । देशभर विविध कार्यक्रमको आयोजना गर्दै आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ।

यो दिवस शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री द्वारा हाँसाहाँसी जीवन उत्सर्ग गरी जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य गरिएको दिनको स्मरणमा मनाइन्छ।

प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली मार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन्। संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ।

यसै अवसरमा मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च, टुँडिखेल मा विशेष कार्यक्रमको आयोजना गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार