नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १, प्रतिपदा (६ फागुण, २०८२, १८ फ्रेब्रुअरी, २०२६) बुधबार, बाँपिझ्याला । नेपालको निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतामै गम्भीर असर पर्न सक्ने भन्दै सबै सरोकारवालालाई सचेत रहन आग्रह गरेको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत गलत सूचना र भ्रामक सामग्री फैलिन सक्ने जोखिमप्रति आयोगले ध्यानाकर्षण गराएको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गरेर तयार गरिएका भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा नप्रसारित गर्न आग्रह गरेका छन्। उनका अनुसार यस्ता सामग्रीले मतदातालाई भ्रमित पार्नुका साथै निर्वाचन प्रक्रियाप्रतिको विश्वास कमजोर बनाउन सक्छ।
आयोगले मतदानअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने वा मतदाताको कुराकानीका आधारमा हार–जितको अनुमान गर्ने अभ्यासप्रति पनि गम्भीर चासो व्यक्त गरेको छ। यस्तो गतिविधिले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा प्रभाव पार्ने तथा उम्मेदवारहरूलाई हतोत्साही बनाउन सक्ने आयोगको ठम्याइ छ।
“प्रविधिले सूचना प्रवाह सहज बनाए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्छ,” भन्दै आयोगले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न र स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम राख्न सबै पक्षसँग विशेष आग्रह गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij