नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला । लेखनाथ दाहाल (राजन), नेपाली कम्युनिस्ट पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार, आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणका कामहरू पूर्णता दिने प्रतिबद्धता गरेका छन्।
२०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जिल्लामा थुप्रै विकास काम अघि बढाइएको दाबी गर्दै दाहालले बाँकी रहेका परियोजनालाई पूरा गर्न आगामी २१ फागुनको निर्वाचनमा निर्वाचित गराउन अपील गरेका छन्।
जनताको सुख–दुःखमा सधैं उपस्थित भएर जनताको सारथीको परिचय दिएका दाहालले नयाँ आयोजना थालनी गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीका पंक्तिहरूको अनुसार उनी सिन्धुली २ बाट सहज जित हासिल गर्ने विश्वासमा छन्। चुनावी अभियानमा सक्रिय दाहालले दैनिक सयौँ नागरिकलाई अन्य पार्टीबाट नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गराइरहेका छन्।
राष्ट्रिय प्राथमिकता र आयोजना:
सिन्धुलीमा अवस्थित राष्ट्रिय प्राथमिकताका आयोजना समयमै सम्पन्न गर्ने।
सुनकोशी–मरिण ड्राइभर्सन, कोखाजोर जलाशययुक्त आयोजना, चियाबारी–खुर्कोट सुरुङमार्ग र मरिणमा राँगाको मासु निर्यात गर्ने योजना समयमै अघि बढाउने।
सडक, पुल र पूर्वाधार:
पालिका सदरमुकामदेखि वडा सदरमुकामसम्म सडक स्तरोन्नति।
निर्माणाधिन सडकका लागि बजेट विनियोजन, संघीयता अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा ग्रामीण सडक निर्माण।
आवश्यक स्थानमा चक्रपथ निर्माण, दुम्जा–लालबन्दी सडक निर्माण, पक्की पुल निर्माण र खोला–खहरे–नदी नियन्त्रण।
कमलामाईमा ट्रमा सेन्टर र औद्योगिक जोन:
कमलामाई नगरपालिका वडा नं. ६ मा मिनि ट्रमा सेन्टर निर्माण र विपन्न नागरिकलाई सहुलियतपूर्ण उपचार।
मरिण र हरिहरपुरगढी क्षेत्रलाई औद्योगिक जोनको रूपमा विकास र लगानीकर्ता भित्र्याउने।
एक घर–एक धारा योजना अनुसार स्वच्छ खानेपानी व्यवस्थापन।
कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरण गरी उत्पादनहरूको पहिचान र व्यवसायिकतामा जोड।
शैक्षिक र पर्यटन हबको विकास:
सिन्धुलीलाई शैक्षिक र पर्यटन हबको रूपमा विकास।
सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक पूर्वाधार निर्माण।
पुरातात्विक, धार्मिक र साँस्कृतिक केन्द्रहरूको संरक्षण र सम्बर्धन।
सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिर लगायत संरचनाको निर्माण वा पुनर्निर्माण।
अन्य पूर्वाधार र सामाजिक पहलहरू:
ग्रामीण विद्युतीकरण, टेलिकम टावर निर्माण, भुमिहिन सुकुम्बासी, अव्यवस्थित वसोवास, किसान र मजदुरका समस्या समाधान।
कानुन निर्माणमा प्रतिबद्धता:
संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह।
संविधानको मर्म अनुसार ऐन निर्माण, विद्यमान ऐन कार्यान्वयन र समयानुकूल संशोधन।
संघीय शिक्षा ऐन, निजामति कर्मचारी ऐन लगायत अन्य आवश्यक ऐन र नियमावलीको निर्माण र कार्यान्वयन।
दाहालले स्थानीय विकास र समृद्धि सुनिश्चित गर्ने आफ्नो योजना सार्वजनिक गर्दै निर्वाचनमा जनताको विश्वास जित्ने लक्ष्य अघि सारेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij