Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

केपी शर्मा ओलीले आज झापा–५ मा आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

केपी शर्मा ओलीले आज झापा–५ मा आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला ।  केपी शर्मा ओलीले आज झापा–५ मा आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओलीले मंगलबार दिउँसो ३ बजे अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिएका छन्।

दाहालका अनुसार प्रतिवद्धता पत्रमा ओली विजयी भएपछि झापा–५ क्षेत्रमा गर्ने योजनाहरूको विस्तृत फेहरिस्त समावेश गरिएको छ। साथै, नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, एमाले नेतृत्वमा बनेका सरकारहरूले गरेका उपलब्धि, तथा सुरू गरिएका तर अपुरा रहेका योजनाहरूको पृष्ठभूमि र विवरण पनि समेटिएको छ।

अध्यक्ष ओलीले आज दमक–३ का दुम्से, टुकुरे लगायतका क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै दमक–८ स्थित संगम चोक, कृष्ण मन्दिर, धनपती मैनालीको घर हुँदै दमक–१० को सूर्य चोकसम्म प्रचारप्रसार कार्यक्रम तय गरिएको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार