नेपाल सम्वत् ११४६, सिल्लागाः १३, चतुर्दशी (४ फागुण, २०८२, १६ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। मतदान हुनुभन्दा १५ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्था अनुसार अब दल तथा उम्मेदवारहरू फागुन १८ गते राति १२ बजेसम्म सक्रिय रूपमा प्रचारमा लाग्न पाउनेछन्।
मुख्य बुँदाहरू यस प्रकार छन्:
आजदेखि फागुन १८ गते राति १२ बजेसम्म
जुलुस, आमसभा, कोणसभा गर्न पाइने
पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाइने
निर्वाचन आयोग ले शून्य सहनशीलता नीति अपनाएको छ।
उल्लङ्घन भए स्पष्टीकरण, जरिवाना, सचेत वा उम्मेदवारी खारेजसम्म कारबाही हुन सक्छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले कडाइका साथ कार्यान्वयन हुने बताएका छन्।
मिथ्या सूचना (Fake news) फैलाउन
दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन
सामाजिक सञ्जालमार्फत संगठित रूपमा गलत सूचना प्रचार गर्न
यसले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्य राखेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij