नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको भूमे गाउँपालिका–१ लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मतदातासँगको भेटघाटका क्रममा उनले सांस्कृतिक रूपमा समृद्ध लुकुम गाउँको विकासका लागि विशेष योजना ल्याउने बताए। उनले लुकुमको प्रख्यात झाँक्री नाचबारे आफूले श्रव्यदृश्य हेरेको उल्लेख गर्दै गाउँको समग्र विकासमा पहल गर्ने विश्वास दिलाए।
कार्यक्रममा वडाध्यक्ष मनकाजी पुनले स्थानीय मागपत्र प्रस्तुत गरेका थिए भने सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकासबारे ध्यानाकर्षण गराएका थिए। मागपत्र बुझ्दै दाहालले स्थानीय आवश्यकता छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij