Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

निर्वाचनको वातावरण बिगार्न खोज्ने तत्वलाई तत्काल निरुत्साहित गर्न प्रधानमन्त्री कार्कीको आग्रह

निर्वाचनको वातावरण बिगार्न खोज्ने तत्वलाई तत्काल निरुत्साहित गर्न प्रधानमन्त्री कार्कीको आग्रह

नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला ।  प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशमा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सम्बद्ध अधिकारी तथा सुरक्षा प्रमुखहरूसँग जानकारी लिएकी छन्।

सोलुखुम्बु र भोजपुरको भ्रमणपछि सुनसरीको इटहरी पुगेकी उनले छोटो समयमै राम्रो तयारी भएको भन्दै प्रशंसा गरिन्।


उनले सबै निकायबीच समन्वय र एकताबद्ध रूपमा काम गर्न निर्देशन दिँदै निर्वाचनको वातावरण बिगार्न खोज्ने तत्वलाई तत्काल निरुत्साहित गर्न आग्रह गरिन्। सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलिन सक्ने अवाञ्छित गतिविधिप्रति सतर्क रहन पनि उनले निर्देशन दिइन्।


कार्यक्रममा प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका उच्च अधिकारी, मुख्य निर्वाचन अधिकृत तथा अन्य सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाली सेनाका पूर्वी पृतनापतिले प्रदेशको सुरक्षा अवस्था र निर्वाचन योजनाबारे प्रस्तुतीकरण गरेका थिए।

प्रधानमन्त्री कार्की बिहीबार इटहरीमै बस्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार