नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला । आगामी फागुन–२१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन हिमाली जिल्ला हुम्लाका लागि चिन्ताको विषय बन्दै गएको छ ।
जाडो छल्न गाउँलेहरु बेँसी झरेकाले र गाउँसम्म पुग्ने बाटो हिउँले अवरुद्ध भएकाले मत नखस्ने चिन्ता भएको हो ।
नाम्खा गाउँपालिकाले सरकारलाई पत्र लेखेर हिउँ पन्छाएर बाटो खुलाइदिन भनेको छ । साथै जिल्ला निर्वाचन कार्यालयलाई अर्को छुट्टै पत्र लेखेर फागुन २१ को निर्वाचन केही पर सारिदिन अनुरोध गरेको छ ।
नाम्खा गाउँपालिका–६ लिमीमा ६७२ मतदाता छन् । त्यहाँ तीन वटा मतदानस्थल तोकिएका छन् । तर, त्यहाँका अधिकांश मतदाताहरू जाडो छल्न काठमाडौं, सुर्खेत, भारत लगायतका स्थानमा गएकाले मत नखस्ने सम्भावना रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । त्यसैले सरकारले नारा र न्यालु लेकको हिउँ पन्छाउन पहल गर्नुपर्ने वा निर्वाचन सारिदिनुपर्ने तामाङले बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij