नेपाल सम्वत् ११४६, सिल्लागाः ४, चतुर्थी (२२ माघ, २०८२, ५ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न निर्वाचनमा कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दावी गरेका छन् । नेकपाको केन्द्रिय निर्वाचन परिचालन परिचालन समितिको ‘जुम’ वैठकलाई आज सम्बेधन गर्दै संयोजक प्रचण्डले आउँदो फागुन २१ मा हुने निर्वाचनमा कसँगसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका हुन्।
वैठकमा सहभागी नेकपाका नेता लिलामणि पोखरेलले संयोजक प्रचण्डको भनाई उदगृत गर्दै सुनाए, ‘वैठकको सम्बोधनमा उहाँले हामी कुनै पार्टीसँग तालमेल र गठबन्धन नगरी पहिलो पार्टी बन्छौं भन्नु भयो ।’ संयोजक प्रचण्डले कुनै पार्टीको नाम नलिई जनताबाट अस्वीकृत र तिरष्किृतहरुसँग कुनै गठबन्धन नगर्ने बताएको नेता पोखरेलले बताए ।
प्रचण्डले बागलुङमा मात्रै नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको बताएका थिए। बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवार दर्ता गराएका छन् भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्। करिव एक घण्टा चलेको जुम वैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि सम्बोन गरेको पोखरेलले जानकारी दिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij